Logo
Logo

सेती अस्पतालमा एकैदिन १९७ जनामा कोरोना पुष्टि


दृष्टि संवाददाता


कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको कोरोना परीक्षणमा थप १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ३७० जनाको नमूना परीक्षण गर्दा १९७ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा ४२ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत छन् । जसमध्ये ११ जना आइसियुमा, दुई जना भेन्टिलेटरमा र २५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरको बेदकोट–१ का ४८ वर्षीय पुरुष र कैलालीको गौरीगङ्गा–५ का ३५ वर्षीया पुरुषको कोरोनाबाट मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्