Logo
Logo
भेरी अस्पतालमा भयावह

८ चिकित्सक र ३२ नर्ससहित ७५ जनामा कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । अस्पतालका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण भएका चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको र केही कर्मचारी भने अस्पतालकै आइसोलेसनमा छन् । अस्पतालमा अहिले २ सय ४२ जना संक्रमित उपचाररत छन् । आईसीयूमा ७५, भेन्टिलेटरमा ९ र अन्य आइसोलेसन बेडमा उपचाररत छन् ।

कोरोना संक्रमितले अस्पताल भरिभराउ हुँदा उपचारमा समस्या आएको भन्दै चिकित्सकहरुले यस्तो भयावह स्थितिको सामना गर्न नसक्ने बताएका थिए । त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्