Logo
Logo

कोरोनाबाट बुधबार १७ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ ज्यान गएको छ। मंगलबार मात्र कोरोनाबाट १८ जनाको ज्यान गएको थियो भने सोमबार १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मात्र देशभर कुल ४ हजार ८ सय ९७ जना कोरोना संक्रमण थपिएका छन्।

जसमा पिसिआरबाट ४ हजार ७ सय ७४ र एन्टिजेनबाट १ सय २३ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ। १३ हजार ८ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको छ भने एन्टिजेनबाट ९ सय ५५ जनालाई परीक्षण गरिएको थियो। हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ रहेको छ।

प्रतिक्रिया दिनुहोस्