Logo
Logo

नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण


दृष्टि संवाददाता


काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाममा सरकारले चालेका कदमहरू प्रभावकारी भएको भन्दै एशियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्षमा भन्दा चालू वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ ।

‘एशियाली विकास परिदृश्य’ बुधवार सार्वजनिक गर्दै एडीबीले गत आर्थिक वर्षमा १ दशमलव ९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालू वर्षमा सुधार भई ३ दशमलव १ प्रतिशत प्राप्त हुने प्रक्षेपण गरेको हो ।

सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गर्दै आएको छ । एडीबीका अनुसार २०७९र८० मा ५ दशमलव १ प्रतिशत हुनेछ ।

एडीबीका अनुसार गतवर्षको तुलनामा चालू आवमा मूल्यवृद्धिमा समेत कमी आउनेछ । सन २०२० मा मूल्यवृद्धि ६ दशमलव २ प्रतिशत रहेकोमा चालू वर्षमा ५ प्रतिशतमा रहने अनुमान एडीबीको छ ।

दोस्रो चरणको कोरोना फेरि पैmलिए अनुमान मिल्न नसक्ने रहेको एडीबीको भनाइ छ । अहिले गरिएको प्रक्षेपणमा मुख्यतः नेपालमा सञ्चालन भइरहेको कोरोनाको भ्याक्सिनेशन अभियानका कारण आर्थिक गतिविधि चलायमान हुने अपेक्षा एडीबीको छ ।

कृषिक्षेत्रको वृद्धिदर २ दशमलव ४ प्रतिशतले बढ्ने र मौसम अनुकूल भएकाले धान उत्पादन १ दशमलव ३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्