Logo
Logo
स्वास्थ्य संकट

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, के खुल्छ, के खुल्दैन ?


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) संक्रमण वृद्धि भएपछि (विहिबार) आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्ने सरकारी निर्णय रहेको छ । त्यसपछि पुनः एक साता निषेधाज्ञा गर्ने सरकारको तयारी छ ।

निषेधाज्ञामा प्रहरीले अत्यावश्यक परेका तथा पास भएका मानिसहरूलाई मात्रै सडकमा आवतजावत गर्न दिएको छ । मास्क नलगाएकालाई ठाउँठाउँमा बनाइएको होल्डिङ सेन्टरमा प्रहरीले राखेको छ भने सडकमा कम सवारी साधन गुडेका छन् ।

सार्वजनिक सवारी साधन चलेका छैनन् तर छिटफुट भने आज विहानै चलेका थिए । जिल्ला प्रशासन कार्यालयले बैंक तथा वित्तीय संस्था, बीमलगायत कार्यालयको परिचय पत्र देखाएर निजी सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।

विहानै मानिसहरु आ-आफ्नो गन्तब्यतिर हिड्दै लागिरहेका थिए । पसलहरु बन्द देखिएका छन् भने केहि अत्यावाश्यक पसलहरु छिटफुट खुलेका छन् ।

के-के चल्न पाउँछन्

प्रतिक्रिया दिनुहोस्