Logo
Logo

उद्योगहरूले पाए विद्युत् डिमान्ड शुल्कमा सवा २ अर्ब छूट


दृष्टि संवाददाता


काठमाडौं । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा रू। २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि ९ २०७६ चैत ११ गतेदेखि २०७७ असार मसान्तसम्म० को विद्युत् डिमान्ड शुल्क छूट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्योगहरूले छूट पाएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिमान्ड शुल्क छूटबापत लक्षित उद्योगहरूले त्यस बराबर रकम छूट पाएको बताए । ‘यस सम्बन्धमा पहिले नै निर्णय भए पनि कति रकम बराबरको छूट दिनुपर्छ भनेर यकिन भइसकेको थिएन ।

हामीले सबै वितरण केन्द्रहरूबाट तोकिएको मापदण्डभित्र पर्ने औद्योगिक ग्राहकहरूको पहिचान गरी उनीहरूबाट आवश्यक विवरण संकलन गर्‍यौं,’ उनले भने, ‘प्राप्त विवरणका आधारमा उद्योगहरूले डिमान्ड शुल्कमा कुल रू। २ अर्ब २५ करोडको हाराहारीमा छूट पाएको देखियो ।’

सम्बद्ध उद्योगहरूले पाएको छूट रकमलाई समायोजन गर्ने काम पनि शुरू गरिएको उनको भनाइ छ । ‘हामीले पहिला सम्बद्ध उद्योगहरूलाई यसबापतको पनि महसुल भुक्तानी गर्नु भनेर बिलिङ गरेका थियौं । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्