Logo
Logo

७२ घन्टामा पाँच लाखले छाडे राजधानी, गाउँ फर्किन हिँडेकाहरूको कलंकीमै बिचल्ली


दृष्टि संवाददाता


काठमाडौं । सरकारले दुई दिनको मात्रै समय दिएर लकडाउन घोषणा गरेको थियो । नियमित कामको तारतम्य मिलाएर गाउँ फर्किनुपर्ने भएकाले अधिकांशले बुधबार निस्किने योजना बनाए । तर, यो भिडलाई उपलब्ध गाडीले सेवा दिन सकेनन् ।

लकडाउन घोषणायता पाँच लाख मानिसले काठमाडौं छाडेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । यात्रुको चाप घटाउन नियमित गाडीले नपुगेको र बाहिरबाट मगाउनुपरेको उनको भनाइ छ । तर, थपेको गाडीमा समेत नअटाएर यात्रुको सडकमै बिचल्ली छ ।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि पछिल्ला तीन दिन ९७२ घन्टा०मा पाँच लाख मानिस बाहिरिएका छन् । बुधबारदेखि उपत्यकामा निषेधाज्ञा लागू हुँदै छ ।

निषेधाज्ञापछि उद्योग–व्यवसाय बन्द हुने, रोजगारी गुम्ने र जीवन जटिल हुने त्रासले ठूलो संख्यामा सहरी मजदुर गाउँ फर्किएका छन् । उच्च शिक्षा पढ्न काठमाडौं आएका विद्यार्थी पनि धमाधम फर्किएका छन् ।

काठमाडौंको गोंगबु बसपार्क, कलंकी, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अत्यधिक भिड छ । मंगलबार राति अबेरसम्म कलंकीमा घर जानेको मेला नै छ । लामो दूरीका यात्रु नागढुंगामा दिनभरजसो जाममा परेका छन् ।

उपत्यकाबाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि त्यस क्षेत्रको आवागमन नै अस्तव्यस्त बनेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्