Logo
Logo

बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने


दृष्टि संवाददाता


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

स्रोतका अनुसार काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराईको शल्यक्रिया गर्न लागेको हो । त्यसका लागि अध्यक्ष भट्टराई विहीबार अस्पताल भर्ना हुने छन् । शल्यक्रिया भने वैशाख १७ गते हुने बताइएको छ ।

यसअघि उनको भारतको दिल्लीमा ट्युमरमा क्यान्सरको शंका भएपछि स्वास्थ्य परीक्षण गरिएको थियो ।

वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए । शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने भट्टराइलाई चिकित्सकको सुझाव थियो ।

भट्टराईले चिकित्सकको सुझावअनुसार नै अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्