Logo
Logo

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा जारी भएका जिल्लाहरु यी हुन् (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकासहित आज देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । बिहीबारबाट काठमाडौं उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको हो ।

कोरोना भाइरस (कोभिड-१९) बढ्दो संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासनद्धारा निषेधाज्ञा जारी गरिएको हो ।

विहीबार विहानसम्म १६ जिल्लामा निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा जारी हुने जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर, बागलुङ, कालीकोटका, सुर्खेत, चितवन र पाल्पा रहेका छन् ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका १२ जिल्लामा पूर्ण तथा ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको हो । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, मोरङ, कास्की, सुर्खेत र चितवन पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

यसैगरी पाल्पा, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा जारी गरेको आदेशमा उल्लेख छ ।

मन्त्रिपरिषद्को गत सोमबार बसको बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको हो । पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने नियम बनाइएको छ ।
सर्वसाधारणले गर्न हुने र गर्न नहुने काम तथा गतिविधि किटान गरिएकाले निषेधाज्ञा कर्फ्युभन्दा धेरै नरम व्यवस्था हो । केही दिनअघि गरिएको निर्णयमा केही बुँदा परिमार्जन गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेश जारी गरेको छ ।

मङ्गलबार जारी गरेको थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारीसाधनका लागि पास नचाहिने बुँदा थप गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको भनाई छ ।

सवारीमा दुलहा–दुलही पनि हुनुपर्ने र १५ जनासम्म जन्ती जान पास चाहिने छैन । पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्था, बीमा एवं नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा सञ्चालन हुन पाउने छन् ।

वैशाख १६ गते बिहान ६ बजेदेखि अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा ९बढीमा दुई जना० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्यलाई काठमाडौँ जिल्ला प्रवेशमै रोक लगाउने आदेशमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्