Logo
Logo

सरकारलाई जनमोर्चाको प्रश्नः सांसदलाई अस्पतालमा बन्दीको रुपमा राख्नुको कारण के हो ?


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय जनमोर्चाले सांसदलाई अस्पतालमा बन्दीको रुपमा राख्नुको कारण सोधेको छ । गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा विहीबार जारी विज्ञप्तिमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद शाहीको अविश्वासको प्रस्तावको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय भएको उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा उनी सम्पर्कविहीन भएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि उनी पोखराको चरक अस्पतालमा भर्ना भएको खबर सार्वजनिक भएको थियो ।

‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’ राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘अहिले अस्पतालमा कसैलाई पनि उहाँसित भेट गर्न दिइएको छैन । राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं’

गण्डकी प्रदेशको संसदमा शाही रहस्यपूर्ण तरिकाले अनुपस्थित भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले पनि उनको अवस्थाबारे जानकारी गराउन माग गरेकी थिइन् । यस्तै उनले सांसद शाही संसदमा उपस्थित नहुँदासम्म अविश्वासको प्रस्तावमाथिको मतदानलाई स्थगित गर्न सभामुख समक्ष निवेदन दिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्