Logo
Logo

एनआईबिएल समृद्धि फण्ड-२ तीन दिनमै सबै बिक्री


दृष्टि संवाददाता


काठमाडौं । एनआईबिएल एस. क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को इकाईहरु तेश्रो दिनमै सबै बिक्री भइसकेको कम्पनीले जनाएको छ ।


एस. क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकबाट १३ करोड ४७ लाख ५७ हजार २२० इकाई (एक अब ३४ करोड ७५ लाख ७२ हजार २०० रुपैयाँ बराबर)को आवेदन परिसकेको हो । जुन संस्थाले माग गरेको भन्दा १२.३० प्रतिशत बढीको आवेदन हो ।
यही १३ बैशााखमा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्रीमा राखेको हो ।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने आज अर्थात बैशाख १६ गते अन्तिम दिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्