Logo
Logo

तत्काल भारत छोड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई आग्रह


दृष्टि संवाददाता



काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल भारत छोड्न आग्रह गरेको छ । ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले भारतमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण निकै तीव्र गतिमा फैलिरहेको भन्दै अमेरिकाले आग्रह दिएको हो ।

मन्त्रालयले भारतमा कोरोना संक्रमण निकै गहिरिएको र यहाँको मेडिकल सेवा पर्याप्त नहुन सक्ने बताएको छ । स्वास्थ्य सतर्कता जारी गर्दै मन्त्रालयले भारतमा नयाँ संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको उल्लेख गरेको छ ।

अस्पतालमा मेडिकल अपूर्ति पर्याप्त नभएको र बिरामीको लागि अब अस्पतालमा कुनै शय्या खाली नरहेको अमेरिकाले बताएको छ ।महामारीको कारण भारतको स्वास्थ्य सेवा ध्वस्त भएको अमेरिकाको बुझाइ छ । एडभाइजरीमा भारतबाट प्रत्यक्ष उडानबाट अमेरिका आउन नागरिकहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्