Logo
Logo

निषेधाज्ञाको पहिलो दिन २६ अंकले बढ्यो बजार


दृष्टि संवाददाता


काठमाडौं । सरकारले कोभिड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा १५ दिनका लागि लागु गरेको निषेधाज्ञाको पहिलो दिन सेयर बजार करिब २६ अंकले बढेको छ ।

निषेधाज्ञाको एक दिनअघि बुधबार कारोबार रकम र सूचक दुवै घटेको शेयर बजारमा बिहीबार सातको अन्तिम कारोबार दिन भने कारोबार रकम र बजार सूचक नेप्से दुवैमा सुधार भएको हो ।

मंगलबार ९२ अंकभन्दा बढीले छलाङ मारेको नेप्से बुधबार १३ अंकले ओर्लिएको थियो । कारोबार रकम पनि चार अर्बभन्दा केही कम नै रहेको थियो।

बिहीबार भने बजार सूचक नेप्से २५ दशमलव ८३ अंकले उक्लिँदा नेपाल स्टक एक्सचेन्जमा चार अर्ब ३६ करोड रुपैयाँ बरारबका धितोपत्र किनबेच भए । झन्डै ५१ हजार पटक कारोबार हुँदा २१७ कम्पनीको ९८ लाख १८ हजार कित्ताभन्दा धेरै धितोपत्र कारोबार भएको हो ।

बिहीबार कारोबार भएकामा सामुहिक लगानी कोष (म्युचुअल फन्ड) योजनाका एकाइबाहेक अन्य १ सय ८३ कम्पनीको सेयर कारोबार भयो । जसमा १३९ कम्पनीको सेयर मूल्य बढ्यो भने १२ वटाको यथावत रह्यो । ३२ कम्पनीको सेयरका लगानीकर्ताले गुमाएका छन् ।

यस दिन कारोबारमा आएको सिंगटी हाइड्रो, महिला लघुवित्त र विशालबजार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यसैगरी, सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन साढे ८ प्रतिशत बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्