Logo
Logo

देशभर ४ सय ४४ जना कोरोना संक्रमित आइसीयु र भेन्टिलेटरमा


दृष्टि संवाददाता



काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएका मध्ये देशभर ४ सय ४४ जनाको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ सय ३७ जना आइसीयूमा छन् भने भेन्टिलेटरमा १ सय ७ जना छन् ।

विवरण अनुसार वागमती प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित आइसीयुमा छन् । प्रदेशमा १ सय ५६ रहँदा भेन्टिलेटरमा ६७ जना छन् । यस्तै, सर्बैभन्दा कम गण्डकी प्रदेशमा छन् । प्रदेशको आइसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना छन् ।

यि बाहेक प्रदेश १ मा ३६ आइसियु र ६ भेन्टिलेटरमा, प्रदेश २ मा १० जना आइसियुमा छन् । यस्तै, लुम्बिनी प्रदेशमा ८७ जना आइसियु र २१ जना भेन्टिलेटरमा, कर्णालीमा २३ जना आइसियु र ५ जना भेन्टिलेटरमा छन् । सुदूरपश्चिम प्रदेशमा पनि २० जना आइसियु र ७ जना भेन्टिलेटरमा छन् ।

काठमाडौं उपत्यकाका १४ विभिन्न अस्पतालमा १ सय ७२ संक्रमित आइसीयूमा र भेन्टिलेटरमा छन् । मन्त्रालयको विवरण अनुसार सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसियु, ८ भेन्टिलेटर र १४० जना आइसोलेसनमा छन्।

श्री वीरेन्द्र अस्पताल छाउनीमा ४ जना आइसियु र २९ जना आइसोलेसनमा छन् । वीर अस्पतालमा ५ आइसियु, २ भेन्टिलेटर र ५० जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ४ आइसियु र ९४ जना आइसोलेसनमा छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १५ जना आइसियु, १२ भेन्टिलेटरमा र ६० जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १५ आइसियु, ६ भेन्टिलेटर र १०४ जना आइसोलेसनमा, पाटन अस्पतालमा १० आइसियु, ८ भेन्टिलेटर र ९० जना आइसोलेसनमा छन् ।

यस्तै निजामती कर्मचारी अस्पतालमा १ जना आइसियु र २४ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ९९ जना आइसोेलेसनमा छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना आइसियु र ८ जना भेन्टिलेटरमा र ३८ जना संक्रमित आइसोलेसनमा छन् ।

ह्याम्स अस्पतालमा १० जना आइसियु, ४ जना भेन्टिलेटरमा र ७९ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा २५ आइसियु, ७ भेन्टिलेटर र ४४ जना आइसोलेसनमा, स्टा अस्पतालमा ६ आइसियु, १ भेन्टिलेटर र २१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उपत्यकाका विभिन्न अस्पतालसँग आइसोलेसन, भेन्टिलेटर, बेड, आइसीयु र एम्बुलेन्स सँगको समन्वयका लागि हटलाइन नम्बर ‘११३३’मा सम्पर्क गर्न पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्