Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पुर्वानुमान


दृष्टि संवाददाता


काठमाडौं । आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवरण अनुसार देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र तराईका एक, दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

राति देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ ।

यस्तै देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्