Logo
Logo

आइपिएल टी २० क्रिकेट: कोलकातालाई हराउँदै दिल्ली दोस्रो स्थानमा


दृष्टि संवाददाता


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी २० क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । बिहीबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।

दिल्लीले १ सय ५५ रनको लक्ष्य पाएको १६.३ ओभरमा पूरा गर्दै ७ विकेटको जित हासिल गरेको छ । दिल्लीको जितमा पृथ्वी शाँ र शिखर धवनले पहिलो विकेटका लागि १ सय ३२ रनको शतकीय साझेदारी गरेका थिए ।

शाँले ४१ बलमा ३ छक्का र ११ चौकाको मद्धतमा ८२ रन बनाए भने धवनले ४६ रन जोडे । कप्तान रिषभ पन्तले १६ तथा मर्कूस स्टोइनिसले ६ रनको योगदान दिएका हुन ।

यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो ।

कोलकाताका आन्द्र रसेलले नटआउट ४५ रन बनाए । यस्तै, शुभमन गिलले ४३, राहुल त्रिपाठीले १९, नितिश रानाले १५, दिनेश कार्तिकले १४ तथा प्याट कमिन्सले अविजित ११ रन जोडे । दिल्लीका अक्षर पटेल र ललित यादवले समान २(२ तथा अवेश खान र मर्कूस स्टोइनिसले एक÷एक विकेट हात पारे ।

जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । दिल्लीले चेन्नइ र बैंगलोरभन्दा एक खेल बढी खेलेको छ । सबैको १० अंक छ । रनरेटको आधारमा चेन्नइ पहिलो, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्