Logo
Logo

कोरोनाबाट सुदूरपश्चिममा चार जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण एक वर्षीया बालिकासहित थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम, कैलाली र कञ्चनपुरका रहेको अस्पतालले जनाएको छ ।

अस्प्ताललका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

बिहीबार साँझ नै कञ्चनपुरको महाकाली अस्पताल भर्ना भएका जिल्लाको भीमदत्तनगरपालिका १८ का ४१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका ५ का ५० वर्षीय पुरुषको मृत्यु भएको भएको हो ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिकाका संक्रमितको आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा मृत्यु भएको हो ।

अर्का संक्रमितलाई एचडीयू युनिटमा राखेर उपचार भइरहेको थियो । उनीहरु दुवैमा कडा खालको निमोनिया देखिएको डाक्टर रोकायाको भनाई छ ।

यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षीय संक्रमितको पनि गएराति मृत्यु भएको छ । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको राति करिब साढे ९ बजेको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्