Logo
Logo

२४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोनाबाट एकैदिन ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ७९ पुगेको हो ।

सोही समयमा १५ हजार ३९१ जनामा गरिएको पीसीआर परीक्षणमा ५६ सय ५७ र ५२५ एन्टिजेन परीक्षणमा ७० जना गरी कुल ५७ सय २७ जनामा कोरोना संक्रमण भएको छ । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २८ जना निको भएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

देशभर ३८ हजार ८१३ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्