Logo
Logo

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७५७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

जिल्लागत विवरण अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ३, ओखलढुंगामा ६, खोटाङमा ४, झापामा ७७, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा १, पाँचथर १, भोजपुरमा ६, मोरङमा १६१, संखुवासभामा १ र सुनसरी ५८ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ५२, पर्सामा १५३, बारामा ४३, महोत्तरीमा ९, रौतहटमा १६, सप्तरीमा ४, सर्लाहीमा १९ र सिरहामा १३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २४ सय ४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ६९, चितवनमा १ सय ११, दोलखामा ११, धादिङमा १३, नुवाकोटमा १३, भक्तपुरमा १३३, मकवानपुरमा ३८, रामेछापमा १४, ललितपुरमा ४१९, सिन्धुपाल्चोकमा २८ र सिन्धुली ६ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा २०, तनहुँमा ५, नवलपरासी पूर्वमा ३६, पर्वत १, म्याग्दी १, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा २७, गुल्मीमा १४, दाङमा २५२, नवलपरासीमा ४६, पाल्पामा ४३, प्यूठानमा १०, बर्दियाका ५०, बाँकेमा ४ सय २२, रुकुम पूर्व २, रुपन्देहीमा ४७३ र रोल्पामा ४४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्ला २, दैलेखमा १७, रुकुम पश्चिममा ५, सल्यानमा १०, सुर्खेतमा ९७ र हुम्लामा २ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा ४६, कैलालीमा ४१, डडेल्धुरामा १३, डोटी २, दार्चुला २, बाजुरामा ३ र बैतडीमा १६ जनामा कोरोना भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्