Logo
Logo

‘कसले आउन दिन्छ अमेरिकी सेना ?’


दृष्टि संवाददाता


काठमाडौं । कांग्रेसले कोभिड–१९ महामारी भयावह अवस्थामा पुग्नुमा ‘सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यता जिम्मेवार’ रहेको ठहर गरेको छ। उक्त पार्टीका सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरी अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भीडभाड र तडकभडकमा मग्न भएको आरोप लगाएका हुन्।

देउवाले एमसीसीबारे भ्रम फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ‘यो सित्तैमा दिएको अनुदान हो। ब्याज तिर्नु पनि पर्दैन। तर, हरेक भ्रम फैलाइएको छ, अमेरिकी सेना आउँछ भनेर’, देउवाले भने, ‘कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना रु अमेरिकी सेना आउन दिउँला त म आफैंले रु यस्ता झुठा प्रचार गर्ने ?’

उनले डा। बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको उल्लेख गरे। आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषद्बाट पास मात्रै गरेको उनले स्पष्ट पारे।

‘डा. बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसीसी सुरु भएको हो। मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति भएको हो– क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा’, उनले भने, ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नुपर्ने पनि छैन। यो केबल अनुदान हो।’, यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्