Logo
Logo

यी २३ जिल्लामा निषेधाज्ञा (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि उपत्यकासहित २३ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको सरकारले जनाएको छ । गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर, झापा, सुनसरी, पर्सामा निषेज्ञाधा जारी गरिएको हो ।

चितवन, काभ्रे, मकवानपुर, कास्कीमा, बाग्लुङ, बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा छ । बर्दियामा, सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोट र कालिकोटमा पनि निषेधाज्ञा लागू गरिएको छ ।

त्यस्तै कैलाली, कञ्चनपुर र डडेल्धुरा, दार्चुलामा निषेधाज्ञा जारी गरिएको छ । तीन जिल्लामा मध्ये केहीमा आंंशिक र अधिकांशमा जिल्लाजिल्लाभर निषेधाज्ञाको गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्