Logo
Logo
कोरोना महामारी

भारतमा एकैदिन थप ४ लाख ८ हजार ३२३ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरमा संक्रमणदर दिनदिनै बढिरहेको छ । भारतमा एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टा (शुक्रबार राति ११ बजेसम्म) मा थप ४ लाख ८ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।

२४ घण्टाभित्र भेटिएका संक्रमितको यो संख्या विश्वमै अहिलेसम्मकै बढी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ३ हजार ४ सय ६४ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ९१ लाख ६३ हजार ४८८ पुगेको छ । यसकै कारण मृत्यु भएकाको संख्या २ लाख ११ हजार ७८८ पुगिसकेको त्यहाँको सरकारी तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्