Logo
Logo

कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको छ । संक्रमण फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका परेको पाइएको छ ।

तुलानात्मक रुपमा कोरोना संक्रमणको दोस्रो लहरले बालबालिका बढी प्रभावित भएको चिकित्सकहरुको भनाई छ । चिकित्सकहरुका अनुसार वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक अन्य उमेर समूह भन्दा कम देखिए पनि यथार्थमा बढी हुन सक्नेछ ।

वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार २० वर्ष मुनिका बालबालिकाको रहेको पाइएको हो । नौ वर्षसम्मका ९२५ जना र १० देखि १९ वर्षसम्मका ३१४४ जना छन् भने प्रतिशतका हिसाबले त्यो क्रमशः २।१२ र ७।१९ प्रतिशत हो भने समग्रमा ९.३१ प्रतिशत रहेको छ ।

१७ दिनको अवधिमा कुल १ लाख ६४ हजार ८१२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ४३ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको थियो । जुन ४ जनाको परीक्षण गर्दा औसतमा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

बिहीबार १५ हजार ९१६ नमुना परीक्षण गर्दा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको थियो । ५ हजार ७२७ संक्रमित हुँदा २० वर्ष मुनिका ५०६ जना बालबालिका कोरोनाको चपेटामा परेको पाइएको छ । जसमध्ये ९ वर्षसम्मका १३९ जना र १० देखि १९ वर्षसम्मका ३६७ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.४३ र ६.४१ प्रतिशत हो भने समग्रमा ८.८४ प्रतिशत रहेको पाइयो ।

तथ्यांक भन्दा बढी बालबालिकामा संक्रमण देखिन सक्ने बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलको भनाई छ । समुदाय स्तरमा अझ धेरै संक्रमित बालबालिका हुन सक्ने उनको अनुमान छ ।

चिकित्सकहरुले बालबालिकालाई कोरोना संक्रमण हुनबाट बचाउन अभभिावक नै बढी सेचत र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्