Logo
Logo

कोरोनाबाट सुदूरपश्चिममा थप ७ जनाको मृत्यु


दृष्टि संवाददाता


धनगढी । सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचारका क्रममा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलालीको टीकापुर अस्पतालमा उपचाररत् जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको शुक्रबार बेलुका साढे ६ बजे मृत्यु भएको थियो। उनी एक दिनअघि मात्र अस्पताल भर्ना भएकी थिइन्।

यस्तै, धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा टीकापुर– ७ की ५० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार राति करिब १ बजेतिर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। उनी वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकी थिइन्।

यस्तै, गोदावरी नगरपालिकाका २८ वर्षीय संक्रमित पुरूषको शनिबार बिहान साढे सात बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

यस्तै, भिमदत्तनगरपालिका १८ का ३२ वर्षीय संंक्रमित पुरूष र बेल्डाडी नगरपालिका १ का ५५ वर्षीय पुरूषको मृत्यु भएको हो।

कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरूष र भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारद भट्टले जानकारी दिए।

उनका अनुसार अस्पतालमा ३ जना भेन्टिलेटर, ३ जना आइसियू र १५ जना एचडियूमा गरी ४७ जना संक्रमित उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्