Logo
Logo

उपत्यकामा आइतबार एक हजार वेड थपिने


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने बताएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमा भिडियो सन्देश दिँदै त्रिपाठीले भोलि आइतबारदेखि नै उपत्यकामा एक हजार वेड थप थपिने जानकारी दिएका हुन् । उनले भने, ‘हस्पिटलहरु हामी थप गर्दैछौं, भोलिदेखि नै काठमाडौं उपत्यकामा कमसेकम एक हजार वेड व्यवस्था गर्दैछौं ।’

साथै संक्रमितहरुको उपचारमा सरकारले हातखुट्टा नछाडेको उनले दाबी गरे । उनले भने, ‘सबै जिम्मा सरकारले लिएको छ र आफ्नो प्रतिवद्धता पूरा गर्न तयार छ ।’

अक्सिजन सिलिण्डर लगायतको आपूर्तिमा समस्या देखिएको र त्यसलाई समाधान गर्न कोसिस भइरहेको उनले बताए । ‘यसका लागि जीवनदानी औषधिहरु पनि दुईतीन दिनभित्रै आपूर्ति हुनेछ’ मन्त्री त्रिपाठीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्