Logo
Logo

आईपीएलमा मुम्बईद्धारा चेन्नई चार विकेटले पराजित


दृष्टि संवाददाता


काठमाडौं । मुम्बई ईन्डियन्सले चेन्नई सुपर किङ्ग्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चार विकेटले पराजित गरेको छ ।

दिल्लीमा शनिबार राति भएको खेलमा चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । मुम्बईका केइरोन पोलार्डले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरेका थिए ।

यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए । कुनाल पाण्डेय ३२ रनमा आउट हुँदा हार्दिक पाण्डेयले १६ रन जोडेका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

उसका लागि रायडुले अविजित रहँदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले भने अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए । जितसँगै मुम्बईले ७ खेलमा ८ अङ्क जोडेको छ । मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्