Logo
Logo

प्रधानमन्त्रीले बोलाए एक दिनअघि नै मन्त्रिपरिषद् बैठक


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । एक मन्त्रीका अनुसार नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका हुन् ।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्