Logo
Logo

मौसम पुर्वानुमानः पहाडी भेगमा मंगलबारसम्म वर्षा हुने


दृष्टि संवाददाता


काठमाडौं । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौं उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने जनाएको छ ।

काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ । देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आइतबार बिहानको हल्का वर्ष ९ बजेसम्ममा रोकिने र दिउँसो र साँझ फेरि सामान्य बदली भई देशका पहाडी भूभाग र प्रदेश नं १ को सबै जिल्लामा हावाहुरी सहित सामान्य वर्षा हुने सम्भावना रहेको उल्लेख छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २ र वागमती प्रदेश लगायतका पहाडी भू–भागमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार भने प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्