Logo
Logo

नेपालमा ८ लाख भारतीयलाई रोजगारी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा दक्ष जनशक्ति नहुँदा आठ लाख श्रमिक भारतबाट ल्याउनुपरेको बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले १३२औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार आयोजना गरेको अभौतिक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष गोल्छाले श्रमिकसँगको सम्बन्ध सुधार भइरहे पनि यसलाई दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको पनि बताए ।

श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारजस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने उनको भनाइ छ। समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्