Logo
Logo

प्रधानमन्त्रीले नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोले


दृष्टि संवाददाता


काठमाडौं । थप सेवा सुविधासहित नागरिक एप आइतबार औपचारिक शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्युआर कोडमार्फत् बैंक खाता खोलेर नागरिक एपको उदघाटन गरे ।

प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले खाता खोल्नेवित्तिकै खाता नम्बर प्राप्त भएको बताए ।
राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले भर्चुअल रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्