Logo
Logo

स्वास्थ्य संकटकाल घोषणा गर्न माग


दृष्टि संवाददाता


काठमाडौं । न्यायका लागि मानवअधिकार नामक संस्थाले कोभिड–१९ तीव्र गतिमा फैलिरहेको र दैनिक हजारौं संक्रमित थपिनुका साथै मृत्यु दर समेत बढेकाले स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । सञ्जालका संयोजक इन्द्र प्रसाद अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

‘नागरिकको ज्यू ज्यानको रक्षाका लागी तुरुन्त स्वास्थ्य आपतकाल घोषणा गर्दै नीजि स्वास्थ्य संस्थाहरुलाई समेत न्यूनतम शुल्कमा संक्रमितहरुको उपचारका लागि उत्तरदायी बनाउँदै सम्पूर्ण सरोकारवाला निकायहरूलाई नेपालको संविधानले ब्यवस्था गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकको सम्मान गर्न र भिडभाड आवत जावतमा नागरिकले समेत आफ्नो कर्तव्य निर्वाह गर्न यो संजाल गम्भिर अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्