Logo
Logo

गत २४ घण्टामा काेराेनाबाट २७ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो।

आज देशभर ७ हजार २ सय ११ जना संक्रमित थपिएका छन्। १६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो।

कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। हाल ६७ जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्