Logo
Logo

अक्सिजन सकिँदा ५९ कोरोना संक्रमितको अवस्था नाजुक


दृष्टि संवाददाता


दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालका ५९ जना बिरामीलाई अक्सिजन अभाव भएको छ । अस्पतालमा अक्सिजन सकिएपछि त्यहाँ उपचारत बिरामीको अवस्था नाजुक बन्दै गएको हो ।

अस्पतालमा भर्ना भएका ५९ जना सिकिस्त बिरामीलाई अक्सिजन अभाव भएपछि बचाउन समस्या भएको कारोना विशेष अस्पतालका फोकल पर्सन दोर्ण ओलीले बताए । अहिले भएको स्टक अक्सिजनले बेलुका ६ बजेसम्म मात्रै पुग्छ । अक्सिन लिन गएका अक्सिजन ट्याङ्कर नेपालगञ्जमा लाइनमा बसेका छन् ।

अक्सिजन लिएर ट्यांकर आइपुग्दा ११ बज्ने भएसँगै चार घण्टासम्म सिकिस्त बिरामीलाई अक्सिजन विना बचाउन मुस्किल हुने गुनासो चिकित्सकको छ ।

शनिबार बेलुकी अक्सिनको अभाव भएपछि घोराही सिमेन्ट कारखनाबाट २० सिलिण्डर ल्याएर काम चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्