Logo
Logo

बिहान राजीनामा, साँझ शपथ !


दृष्टि संवाददाता



आइतबार शपथग्रहणपछि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल र मन्त्रीहरू । तस्बिर : कान्तिपुर

बुटवल । अविश्वास प्रस्ताव छल्न आइतबार बिहानै पदबाट राजीनामा दिएका शंकर पोखरेल विपक्षी गठबन्धनको तीव्र विरोधका बीच साँझ पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । ‘राजनीतिक रूप’ मा एकल बहुमत गुमिसकेको अवस्थाका पोखरेललाई साँझ पुनः नियुक्त गरी मुख्यमन्त्री कार्यालयमै पुगेर शपथग्रहण गराएपछि प्रदेश प्रमुख धर्मनाथ यादवमाथि पनि प्रश्न उठेको छ ।

संसद्मा अविश्वास प्रस्ताव सामना गर्दा आफ्नै पार्टीका सांसदले फ्लोर क्रस गर्ने जोखिम देखिएपछि पोखरेलले एमालेकै एकल बहुमतको सरकार बनाउने उद्देश्यले राजीनामा दिएका थिए । त्यही उद्देश्यअनुसार प्रदेश प्रमुख यादवले एकल बहुमतको दलका नेताको हैसियतमा पोखरेललाई पुनस् मुख्यमन्त्रीमा नियुक्त गरे ।

साँझ पोखरेलले शपथ लिनुअघि एमालेकै पक्षमा रहेका सांसदको विपक्षी गठबन्धनमा प्रवेश र राजीनामाले राजनीतिक रूपमा पोखरेलको बहुमत गुमिसकेको थियो । ४२ जना सांसदको हस्ताक्षरसहित कांग्रेस र माओवादीले प्रदेश प्रमुख यादवको कार्यालयमै पुगेर आफ्नो पक्षको सरकार बन्नुपर्ने निवेदन दिएका थिए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्