आजदेखि आन्तरिक उडान बन्द « Drishti News – Nepalese News Portal
Logo

आजदेखि आन्तरिक उडान बन्द


दृष्टि संवाददाता



काठमाडौं । सोमबारदेखि आन्तरिक उडान पनि बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आन्तरिक उडान सरकारले बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै आइतबार हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो ।

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । सोमबार रातिदेखि आन्तरिक र बुधबार (वैशाख २२ गते) बाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको हो ।आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्