Logo
Logo

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सन्जालमार्फत उनले आफुलाई कोरोना संक्रमण भएको र डेरामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गरिएकोमा आज विहान पोजेटिभ रिपोर्ट आएको उनले जनाएका छन् ।

टेकु अस्पतालका चिकित्सक अनुप बास्तोलाको निर्देशनअनुसार औषधि सेवन सुरु गरेको उनले जानकारी दिएका छन् । ‘लक्ष्यणले च्यापेको छ तर मनोवल उच्च छ । सबैजना सजग बनौं ’ उनले ट्वीटमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्