Logo
Logo

ओलीले विश्वासको मत लिने भनेपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक


दृष्टि संवाददाता



काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेसले आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि बैठक बोलाइएको हो ।’

पदाधिकारी बैठकमा १४औं महाधिवेशनको तयारीबारे पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने गृहकार्य गरिरहेको कांग्रेसले प्रधानमन्त्रीले नै विश्वासको मत लिने बताएपछि आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक राखेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्