Logo
Logo

थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा सात हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार पुष्टि भएको संक्रमितको संख्या नेपालमा हालसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४ सय ४८ थपिएका हुन् । कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन् ।

हाल २ सय १२ जना संक्रमित क्वारेन्टिनमा छन् भने गत २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्