Logo
Logo

काठमाडौं उपत्यकामा ३ हजार ६६६ मा कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३६ सय बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौँ उपत्यकामा ३ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी २ हजार ९ सय २२ जना संक्रमित थपिएका हुन् । यस्तै, ललितपुरमा ५ सय २२ र भक्तपुरमा २ सय २२ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकापछि सबैभन्दा बढी लुम्बिनी प्रदेशको लुम्बिनीमा संक्रमित थपिएका छन् । हाल कोरोना हटस्पट बनेको बाँकेमा ४ सय ४० संक्रमित थपिएका छन् भने रुपन्देहीमा ६ सय १९ जना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३ सय ५५ संक्रमित थपिएका छन् । प्रदेश १ को मोरङमा पनि ३ सय ६२ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्