Logo
Logo

७२० कोरोना संक्रमित आइसीयु र भेन्टिलेटरमा


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात सय बढी कोरोना संक्रमितको आइसीयु र भेन्टिलेटरमा उपचार भइरहेको छ । ५ सय ७८ जना आइसियु र १ सय ४२ जना भेन्टिलेटरमा गरी ७ सय २० जना बिरामी उपचाररत छन् ।

२४ घण्टामा २ सय ९ कोरोना संक्रमितको उपचार आइसीयु र भेन्टिलेटरमा रहेका हुन् । यअसघि, आइतबार ५ सय ११ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए । प्रदेश १ मा ८९ आइसियु र १६ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ३ सय २० आइसियु र ८८ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७८ जना आइसियु र १८ जना भेन्टिलेटरमा, कर्णालीमा ३२ जना आइसियु र ७ जना भेन्टिलेटरमा सुदूरपश्चिम प्रदेशमा १० जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २ सय २७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन् । १ हजार १ सय ८१ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्