Logo
Logo

२१ म्युचुयल फण्डको वित्तीय विवरण सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । २१ म्युचुअल फन्डले चैत मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुमारी इक्विटी फन्ड बाहेक बाँकी सबै फन्डको प्रतिइकाई खुद सम्पति मूल्यमा बृद्धि भएको बिवरणले देखाएको हो ।

अधिकांश म्युचुअल फन्डको सूचीकृत सेयरमा लगानी रकम बढेको छ । पुँजी बजारमा सुचीकृत कम्पनीको मुल्य बढ्दा म्युचुअल फन्डको पोर्टफोलियोमा पनि सुधार आउने गर्छ । बजार बढेका बेला धेरैजसो लगानी सेयर बजारमै हुने गर्दछ ।

हाल सञ्चालनमा रहेका २१ मध्ये २० फन्डको सूचीकृत सेयरमा लगानी बढेको छ । चैत मसान्तसम्ममा सबैभन्दा धेरै खुद सम्पती मुल्य ग्लोबल आइएमई समुन्नत योजनाको रहेका छ । उस्को मुल्इ २१ रुपैयाँ १२ पैसा छ । यो सबैभन्दा धेरै बढ्ने फन्ड पनि हो ।

चैत मसान्तसम्म आउँदा १८ फन्डको सूचीकृत कम्पनीको सेयरमा गरिने लगानी वृद्धि भएको छ । सबैभन्दा धेरै सूचीकृत कम्पनीको सेयरमा लगानी बढाउनेमा सानिमा लार्ज क्याप फन्ड छ । एक महिनाको अवधिमा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ४५.२९ प्रतिशतले बढेर २६ करोड १० लाख १ हजार रुपैयाँ पुगेको छ ।

त्यसो त बित्तिय बिवरण अनुसार सबैभन्दा धेरै ग्लोबल आइएमई समुन्नत योजनाको सूचीकृत कम्पनीको सेयरमा लगानी रहेको देखिन्छ । यो अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी घट्नेमा एनआइसी एसिया ब्यालेन्स्ड फन्ड र एनआइसी एसिया ग्रोथ फन्ड छन् ।

१ महिनाको अवधिमा ११ फन्डको बैंकमा रहने मौज्दात बढेको छ । यसअवधिमा सबैभन्दा धेरै बैंक मौज्दात बढाउनेमा नबिल इक्विटी फन्ड परेको छ । यसको बैंक मौज्दात १ सय ११ दशमलव १३ प्रतिशतले बढेर ११ करोड ६९ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै बैंकमा मौज्दात सिद्धार्थ इक्विटी फण्डको छ ।

प्रतिक्रिया दिनुहोस्