Logo
Logo

एनआईसी एशिया क्यापिटलद्वारा दोश्रो वार्षिकोत्सवमा विशेष छुट योजना

- दृष्टि न्युज/संवाददाता

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवशरमा नयाँ ग्राहकका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ ।

सो सुविधाअन्तर्गत एनआईसी एशियाको डिम्याट खातामा फागुन २२ देखि २०७५ चैत ६ गतेसम्मका लागि पूर्णरुपमा निःशुल्क गरिएको साथै एक महिनाका लागि फागुन २२ देखि चैत २२ गतेसम्म० लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरिय सेवामार्फत लगानीकर्तालाई पुँजी बजारमा सवल तथा सुसूचित भई लगानी गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।
डिम्याट खातासँगै एनआईसी एशिया क्यापिटलले पुँजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्