Logo
Logo

शुभतारा स्कुल ३० औं वर्षमा, यो वर्षदेखि ११ कक्षामा भर्ना लिने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २६ फागुन ।
राजधानीको चर्चित स्कुल शुभतारा विद्यालय ३० औं वर्षमा प्रबेश गरेको छ । ३० औं वर्षलाई स्कुलले विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।


१६ मार्च १९८९ मा २५ जना बिद्यार्थीबाट सुरु भएको यस स्कुलमा पढेका दुई हजार पाँच सय बिद्यार्थी विभिन्न क्षेत्रमा सक्रिय छन् । उनीहरुमध्ये ३० औं वार्षिकोत्सवमा स्कुलले ३० जना पूर्व बिद्यार्थीलाई सम्मान र कदन गर्ने भएको छ ।
वार्षिकोत्सवकको अवसरमा स्कुलमा मेलाको आयोजना हुँदैछ । स्कुलले विभिन्न सामाजिक गतिविधिमा पनि आफूलाई समाहित गर्दै आएको छ । धादिङको सीतला देवी माई स्कुलका ४० बालबालिकालाई दिउँसाको खाजाको व्यवस्था गर्दै आएको छ । ललितपुरको लामाटारस्थित श्रीङगेरी स्कुललाई १५ वर्षदेखि आर्थिक सहयोग गर्दै आएके छ भने सानेपा स्वास्थ्य चौकीलाई मासिक पाँच हजार तथा लामाटोरको एम्बुलेन्सलाई ६ हजार रुपैयाँ सहयोग गर्दै आएको छ ।
नयाँ शैक्षिक सत्रका लागि विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ मा भर्ना लिइने बिद्यालयले जनाएको छ ।
विगतमा सानेपामा सञ्चालन हुँदै आएको यो स्कुल हाल महालक्ष्मी नगरपालिकाको लामाटारमा सञ्चालन हुँदै आएको छ । ाष्ट्रिय तथा अन्तराष्ट्रिय पाठ्यक्रममा आधारीत भएर बिद्यालयले पढाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्