Logo
Logo

निषेधाज्ञाको दायरा बढ्यो, आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सूचीसहित)


दृष्टि संवाददाता




काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढाइएको छ । आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा थपिएको हो ।

कोरोना नियन्त्रणका लागि भन्दै आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको हो ।

गृह मन्त्रालयले जनाए अनुसार यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको उल्लेख छ । योसंगै अहिलेसम्म देशभरका ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढेको भन्दै निषेधाज्ञा लगाइएको छ । झापा र सुनसरीमा भने सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लगाइएको छ । बाजुरा र महोत्तरीमा बुधबारदेखि निषेधाज्ञा सुरु हुने भएको छ ।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने उल्लेख छ ।

काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने बताइएको छ । सङ्क्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लङ्घन हुने क्रम पनि नरोकिएको भन्दै थप कडाइ गर्न आदेश जारी गर्न लागिएको छ ।

सूची

प्रतिक्रिया दिनुहोस्