Logo
Logo

ट्राफिक प्रहरीले ३५ प्रतिशत भत्ता पाउने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २६ फागुन ।
ट्राफिक प्रहरीले ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । गृह मन्त्रालयले भत्तासम्बन्धि प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ ।


गृहको प्रस्तावअनुसार डिएसपीसम्मका प्रहरीले प्रोत्साहन भत्ता पाउनेछन् । डिएसपीलाई बेसिक तलबको १० प्रतिशत, इन्सपेक्टरलाई २०, सई, असईलाई २५ तथा हवल्दार, सिपाही, र कार्यालय सहयोगीलाई ३५ प्रतिशत भत्ता दिने प्रस्ताव गरिएको छ ।
सरकारले हालै विभिन्न निकायलाई शतप्रतिशतसम्म भत्ता दिने निर्णय भइसकेको छ । दिनमा १६ घन्टासम्म सडकमा खटिने ट्राफिकले भने केही वर्षयता भत्ता पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्