Logo
Logo

कर दाखिला गर्ने म्याद थप गर्न सरकारसमक्ष चेम्बरको माग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न माग गरेको छ । चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयले एक विज्ञप्ति जारी गर्दै विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी भएका कारण म्याद थप गर्न सरकारसमक्ष माग गरेको हो ।

उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका कारण व्यवसायी तथा कर्मचारी आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेको हुँदा सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकाले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकाले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि चेमबरले सरकारसमक्ष हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्