Logo
Logo

काठमाडौं उपत्यकामा ३ हजार ८९३ जनामा संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९३ जनामा देखिएको यो संक्रमण काठमाडौं उपत्यकामा देखिएको अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा २ हजार ७ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा ६ सय १ जना र भक्तपुरमा ५ सय १३ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा सबैभन्दा बढी मोरङमा २ सय ४६ संक्रमित थपिएका छन् भने प्रदेश २ को पर्सामा १ सय १२ जनामा संक्रमण देखिएको छ । वागमती प्रदेशमा काठमाडौं उपत्यका बाहेक सबैभन्दा धेरै संक्रमित चितवन र काभ्रेपलाञ्चोकमा २ सय २६ र १ सय १७ जना क्रमशः थपिएका छन् ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा २ सय ४७ जना, लुम्बिनी प्रदेशमा रुपन्देही र बाँकेमा क्रमशः ३ सय ६९ र १ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा सबैभनद धेरै १ सय २४ जना र सुदूरपश्चिम प्रदेशको कैलालीमा १ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्