Logo
Logo

बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु


दृष्टि संवाददाता


कैलाली । बैतडीको पञ्चेश्वरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेकोे सङ्ख्या ६ पुगेको छ । चार जनाको घटना स्थलमा र दुई जनाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका खेमसिंह भण्डारीको मृत्यु भएसँगै घटनामा मृत्यु हुनेकोे सङ्ख्या ६ पुगेको हो ।

दुर्घटनामा गम्भीर घाइते रहेको जिप चालक दशरथ चन्द नगरपालिका–४ का ४५ वर्षका तेज बहादुर बोहरा, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जीप मङ्गलवार दिउसो पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ४ जना घाइते समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्