Logo
Logo

बाजुरामा एकैदिन ३० संक्रमित थपिए


नन्दा थापा


बाजुरा । जिल्लामा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको अनुसार एन्टिजेनमार्फत गरिएको परीक्षणमा ३० जनालाई कोरोना पुष्टि भएको हो ।

बडीमालिका नगरपालिका १५ जना, बुढिनन्दा नगरपालिका ५ जना, त्रिवेणी नगरपालिका २ जना, गौमुल गाउँपालिका २ जना र हिमाली गाउँपालिका ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जिल्ला स्वास्थ्य कार्यालय बाजुरा निमित्त कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।

योसँगै बाजुरामा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । जसमध्ये ७४ जना संक्रमित होम आइसोलेसनमा र २३ जना आइसोलेसन कक्षमा राखिएको चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्