नर्भिकलाई ‘कोभिड अस्पताल’ बनाइयो « Drishti News – Nepalese News Portal
Logo

नर्भिकलाई ‘कोभिड अस्पताल’ बनाइयो


दृष्टि संवाददाता


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटललाई ‘कोभिड अस्पताल’मा रुपान्तरण गरिएको छ ।

नर्भिकले अस्पतालले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिष्कृत गर्दै लाने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले बताए । बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले कोभिड अस्पतालमा रुपान्तरण गरेको उनको भनाइ छ ।

कार्यकारी निर्देशक सिंहका अनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शैया मध्ये ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरित भइसकेका छन् । ती ९० शैया कोभिडका बिरामीले भरिएका छन् । नर्भिकमा रहेका ३५ आईसीयू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्